• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

  • OVN
  • January 11, 2023
दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको पुर्ण मात्रा खोप लगाउन आग्रह गरेको छ । 

मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन  दादुरा र रूबेलाकोपुर्ण मात्रा खोप लगाउन जरूरी रहेको  बताएको छ । केन्द्रले ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो । 

नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । दुई मात्रा खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने खोप  शाखा प्रमु सागर दाहालले  बताउनुभयो । 

मिजल्स भाइरसका कारणबाट सर्ने दादुरा नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको छ। नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको  छ  । 

सरकारले  दादुरा  देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान शुरु भएको ठाउँमा अहिलेसम्म ३ हजार बालबालिकालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ । 
 

Comments