• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण

  • OVN
  • November 23, 2021
दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण

भक्तपुर- स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएसँगै अब अक्सिजन आवश्यक पर्ने बिरामीलाई सेवा दिन सहज हुने भएको हो । 

यस नपाका १० वटै वडाका स्वास्थ्यचौकीलाई अमेरिकन संस्था गर्डेन अफ द एन्जल्सले  करिब रु १२ लाख मूल्य बराबरको उक्त उपकरण  भोलेन्टियरर्स नेपाल नेशनल ग्रुपको सहयोगमा प्रदान गरिएको नगरपालिकाका सामाजिक विकास समितिकासंयोजक एवं  वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको स्मरण गर्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने  बताउनुभयो । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागार्इंले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणका सही उपयोग गराउने बताउनुभयो ।
-रासस
 

Comments