• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

दोस्रो कार्यकालमा उदाहरणीय कामको थालनी गर्दै स्थानीय तहका जनप्रतिनिधि

  • OVN
  • December 28, 2022
दोस्रो कार्यकालमा उदाहरणीय कामको थालनी गर्दै स्थानीय तहका जनप्रतिनिधि

काठमाडौं । पहिलो कार्यकालमा भौतिक निर्माणमा जोड दिएका स्थानीय तहले दोस्रो कार्यकालमा केही उदाहरणीय काम थालेका छन् । 

स्थानीय सरकारको पछिल्लो निर्वाचन भएको ७ महिना पूरा भएको छ । केही स्थानीय तहले राम्रा कामको थालनी गरेका हुन् । केही थिती बसाउन प्रयासरत छन् भने धेरैले भौतिक पूर्वाधार निर्माणका साथै स्वास्थ्य, शिक्षा, रोजगारी, कृषिलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । 

नागरिकको आँगनकै सरकारका रुपमा रहेका पालिकाले जनतालाई सास्ती कम गर्दै सुविधा बढाउने, विकास निर्माणका काममा नागरिकको सहभागिता बढाउने र दीगो विकासमा जोड दिने गरि काम सुरु गरिएको पाल्पाको माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णुुमाया लुुङ्चेले जानकारी दिनुभयो । धेरैजसो स्थानीय तहका प्रतिनिधि  शिक्षा, स्वास्थ्य, उद्यम र कृषिलाई प्राथमिकता दिएको बताउँछन् । 

नगरपालिकाले नीतिगत रुपमै कृषिलाई प्राथमिकता राखेको लमजुङ्को राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनालले बताउनुभयो । स्थानीय तहका लागि आवश्यक कतिपय कानुन अझै बनिसकेका छैनन् । कानुन निर्माण नभएकै कारण अघिल्लो कार्यकालका कतिपय काममा अवरोध पुगेको जनप्रतिनिधिको अनुभव छ । 
 

Comments