• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ

  • OVN
  • December 24, 2022
दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ

दार्चुला । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । 

खलङ्गामा हिजो आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएकोले डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुवात गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । 

डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्डको संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहन समेत उहाँले सबैलाई अनुरोध गर्नुभयो । 

Comments