दाङ । माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा घोराही, लमही, तुल्सीपुर लगायत दाङका विभिन्न बजारमा तरुल र शखरखण्डको व्यापार यो वर्ष बढेको छ ।
उपभोक्ताको मागलाई मध्यनजर गर्दै किसानले तरुल र शखरखण्ड बजार पु-याएर राम्रो आम्दानी गरिरहेका छन् ।
घरपरिवारका सदस्य भेला हुने र विवाह गरेर गएका छोरीचेली माइती फर्किने भएका कारण उनीहरूलाई तरुल खुवाउनु माघे सङ्क्रान्तिममा अनिवार्य जस्तै छ । यही मौका छोप्न अरु दिनमा दैनिक उपभोग्य सामग्रीको व्यापार गर्नेहरू तरुल र शखरखण्डमा जोड दिन्छन् ।
बजारमा तरुल प्रतिकिलो १ सय ५० र शखरखण्ड प्रति किलो एक सय रुपैयाँमा किनबेच भइरहँदा जिल्लामा यी दुवैको उत्पादन बढाउने विशेष योजना स्थानीय सरकारले ल्याउनुपर्नेमा किसानहरूको जोड छ ।