• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

१० दलीय गठबन्धनको बैठक बस्दै

  • OVN
  • March 16, 2023
१० दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं ।  आज १० दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

यद्यपि बैठकको समय भने निर्धारण गरि सकिएको छैन । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा रहनुभएको छ ।

दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजिरहेका छन् । तर सफल हुन सकेका छैनन् । आजको बैठकमा पनि उपराष्ट्रपति निर्वाचन र सरकार बिस्तारबारे छलफल हुनेछ ।

Comments