• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

देखिन छाड्यो निकुञ्जमा  बाह्रसिंगे

  • OVN
  • June 06, 2021
देखिन छाड्यो निकुञ्जमा  बाह्रसिंगे

चितवन,  चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे गतअसोज महिनादेखि देखिन छाडेको छ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेका बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो। उहाँले भन्नुभयो “गत असोजदेखि खोरभित्र देखिएको छैन। कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको  छैन। ”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी  सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो। ती मध्ये दुई पोथी ल्याउने वित्तिकै   र अन्य  चार  विभिन्न कारणले मरिसेका छन्। अर्नासँगै रहेको बाँकी रहेको एक  बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो। 

तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ  ५ भाले सहित २५  बाह्रसिंगे ल्याउने योजना थियो। यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो। निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ।  सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ। यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ। 
-रासस

Comments