थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन्।
नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा सघाउन ती उपकरण प्रदान गरेकामा सरकारले थाइ विदेश मन्त्रालय र ती परोपकारीसंस्थाप्रति कृतज्ञता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार थाइ नरेश र राजपरिवारका अन्य सदस्यले प्रदान गर्नुभएका स्वास्थ्य उपकरण एवं सामग्री लिएर आगामी साताको प्रारम्भमा थाइल्यान्डबाट विशेष विमान नेपाल आउने भएको छ।