• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

दुईवटा संसदीय समितिको बैठक आज 

  • OVN
  • January 23, 2023
दुईवटा संसदीय समितिको बैठक आज 

काठमाडौं ।  राष्ट्रिय सभा मातहतका दुईवटा समितिको बैठक आज बस्दैछ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो १ बजे नै बोलाइएको छ । 

दुवै बैठक सिंहदरवारमा बस्नेछन् । दिगो विकास तथा सुशासन समितिले समयमै पाठ्यपुस्तक छपाइ तथा आपूर्तिका लागि भइरहेको प्रयासका बारेमा शिक्षा मन्त्री, जनक शिक्षा सामग्री केन्द्रलगायत सरोकारवाला निकायसँग छलफलको तयारी गरेको सभापति प्रकाश पन्थले जानकारी दिनुभयो । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पूर्व सचिव गोपिनाथ मैनालीलाई बोलाइएको छ । समितिको वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, पिछडिएको क्षेत्र, समुदायसम्बन्धी नीतिगत, कानुनी, संरचनागत व्यवस्था, हालको अवस्था र भावी कार्यदिशा लगायतका बारेमा समितिको बैठकमा छलफल हुने सभापति दीलकुमारी रावल थापाले जानकारी दिनुभयो । 
 

Comments