• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

  • OVN
  • June 15, 2021
दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

ओखलढुङ्गा-  पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गर्नुभएको छ। रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ। 

त्यस्तै नेता खतिवडाले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराउनुभएको छ। उहाँले कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच जिल्लालाई गरिएको उक्त सहयोगले सङ्क्रमण रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यसअघि जिल्लास्थित नेपाली सेनालाई उहाँले १३८ पिपिइ सेट र १० शव व्यवस्थापन गर्ने झोला तथा नेपाली प्रहरी र स्थानीय तहलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरिसक्नुभएको छ। 
-रासस
 

Comments