• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

  • OVN
  • December 31, 2022
तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

काठमाडौं ।  आज केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौष पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा भने राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

Comments