• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

तामाकोशी कुनै पनि समय फुटेर बाढी आउन सक्छ– जिल्ला प्रशासनले भन्यो, सतर्क रहनू

  • OVN
  • June 19, 2021
तामाकोशी कुनै पनि समय फुटेर बाढी आउन सक्छ– जिल्ला प्रशासनले भन्यो, सतर्क रहनू

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। 

शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।

नेपाल-चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचित गरेको छ। 

‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Comments