सोलुखुम्बू । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने हुनुभएको छ ।
उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरेका हुन् । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
हिजो सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन पनि उहाँले आह्वान गर्नुभएको छ । अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ ।