• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

तोकिएकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधन कारबाहीमा

  • OVN
  • January 23, 2023
तोकिएकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधन कारबाहीमा

बाजुरा। बाजुराका विभिन्न स्थानीय सडक खण्डमा सञ्चालन हुने सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएको पाइएपछि १७ भन्दा बढी जिप चालकहरू कारबाहीमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालय बाजुराको पुस २० गते बसेको बैठकले जिल्लाका ग्रामीण सडकमा चल्ने सवारीसाधानहरुको भाडादर कायम गरेको छ । सो निणर्यको कार्यान्वयनका लागि प्रहरीले. विभिन्न ठाउँमा तोकिदिएको भन्दा दोब्बर भाडा असुलेको पाइएपछि कारबाही प्रक्रिया थालिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले जिल्लाका ग्रामीण सडकमा तोकिएको भाडादर कार्यान्वयन नगर्ने जिप व्यवसायीलाई कारबाही गरेपछि सर्वसाधारण भने खुसी भएका छन् । 

तोकिएभन्दा बढी भाडा लिने गरेका जिप व्यवसायीलाई स्पष्टीकरणसहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । बढी भाडा लिएको पाइएमा पहिलो पटक सम्झाइबुझाइ पठाउने र दोस्रो पटक फेला परेमा आवश्यक कारबाही गरिन थालिएको हो । 
 

Comments