• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • OVN
  • February 10, 2023
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

तेह्रथुम ।तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा हिजो राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

टहरीदेखि म्याङलुङ तर्फ खाना पकाउने ग्यास सिलिन्डर बोकेर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदल यात्री ६२ वर्षका दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । 

त्यसपछि अनियन्त्रीत भएको ट्याक्टर सडकमुनी रहेको भान्सा घरमा खस्दा खाना पकाउँदै गर्नुभएका ७६ वर्षका हर्कमोती लिम्बूको मृत्यु भएको ट्राफिक प्रहरी जवान सन्तोष भुजेलले जानकारी दिनुभयो । 

घाइते लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइपु¥याउँदा मृत्यु भइसकेको जिल्ला अस्पतालका डाक्टर निरज यादवले बताउनुभयो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । 

अर्का पैदलयात्री दल बहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाइएको प्रहरीले जनाएको छ । 

दुर्घटना लगत्तै फरार भएका चालक २२ वर्षका देशबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
 

Comments