• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

शीतगङ्गा नगरपालिका विभाजन गर्ने, नगर्ने बारे मत बाझियो

  • OVN
  • January 20, 2023
शीतगङ्गा नगरपालिका विभाजन गर्ने, नगर्ने बारे मत बाझियो

अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकालाई विभाजन गर्ने कि विशेष क्षेत्र बनाउने भन्ने विषयमा दुई मत देखिएको छ । 

शीतगङ्गा देशकै सबैभन्दा ठूलो नगरपालिका हो । शीतगङ्गा नगरपालिकालाई विभाजन गर्नुपर्ने मत पछिल्लो समय आइरहेका छन् । त्यस क्षेत्रको विकासका लागि नगरपालिका विभाजन गरेर गाउँपालिका बनाउनुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले बताउनुभयो । 

घिमिरेले शीतगङ्गा भौगोलिग दृष्टिकोणले देशको सबैभन्दा ठूलो नगरपालिका भए पनि बजेट भने अर्घाखाँचीका अन्य पालिका सरह नै आएको बताउँदै त्यसले यस क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो । तर नगरप्रमुख छविलाल पौडेल भने शीतगङ्गालाई विषेश क्षेत्र बनाउने पहिलो प्राथमिकता रहेको बताउनुहुन्छ । 

पौडेलले सर्वदलीय बैठक बसेर विशेष क्षेत्र बनाउने विषयलाई प्राथमिकता दिने निष्कर्ष निकालेको भन्दै पालिका फुटाउनु परे त्यसका कानुनी प्रक्रिया पुरा गर्नु पर्ने भएकाले तत्काल त्यो सम्भव नरहेको बताउनुभयो । 

यस्तै नगर उपप्रमुखसहितको पक्षले भूगोल ठुलो भएकोले पालिकालाई दुई वा तीन पालिकामा पुनः संरचना गर्ने विषय नगर सभाको पहिलो एजेन्डा बनाउनुपर्ने माग राखेका छन् । शीतगङ्गा नगरपालिकामा हाल १४ वडा रहेका छन् । 
 

Comments