• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

स्ववियु निर्वाचनअन्तर्गत आज दाबी विरोध

  • OVN
  • March 12, 2023
स्ववियु निर्वाचनअन्तर्गत आज दाबी विरोध

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोधको कार्यक्रम छ ।

चैत ४ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ ।

यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

Comments