• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

संविधानको मर्म र भावना अनुरुप नै अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • OVN
  • January 10, 2023
संविधानको मर्म र भावना अनुरुप नै अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावना अनुरुप नै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।  

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरू न्यूनमत साझा कार्यक्रम अनुसार एक ठाउँमा आएको धारणा राख्नुभयो । प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उहाँले संविधानको कार्यान्वयन गर्ने आफूहरूको प्रतिबद्धता भएको दोहो-याउनुभयो ।  

संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उहाँले संसदको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।  यस्तै, प्रधानमन्त्री प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने पनि बताउनुभयो । 

तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यकतालाइ  छुटाउन पहल गरेको पनि उहाँले बताउनुभयो ।  तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशम चौधरीको रिहाइ गर्ने उहाँको भनाइ थियो । 

यसअघि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताउनुभएको थियो ।  रेशम चौधरीसहित थारु बन्दीहरू रिहा नभएसम्म आफूहरू प्रतिपक्षमै बस्ने उहाँको भनाइ रहेको थियो । 
 

Comments