• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

  • OVN
  • February 22, 2023
स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ ।

स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ जानुभएको हो ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत जानुभएको हो । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनुहुने छ ।

Comments