• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

स्वरोजगार कोषबाट १४ वर्षमा ९४ हजार युवा स्वरोजगार 

  • OVN
  • January 10, 2023
स्वरोजगार कोषबाट १४ वर्षमा ९४ हजार युवा स्वरोजगार 

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १४ वर्षमा ९४ हजार युवालाई सहुलियत ऋण उपलब्ध गराएको छ । 

कोषले वार्षिक १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । कोषले व्यावसायिक कृषि, सेवामुलक स्वरोजगार व्यवसाय, परम्परागत सीपसँग सम्बन्धित व्यवसाय, होम–स्टे व्यवसाय, स्थानीय कच्चा पदार्थ प्रयोग गरी सञ्चालन गरिने अन्य उद्योग व्यवसायमा करिब १४ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 

जसबाट ९४ हजार युवा स्वरोजगार भएको कोषका सूचना अधिकारी सुर्य प्रकाश तिवारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष कोषले १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिए पनि हालसम्म २ हजार ४ सय  ५७ जनालाई करिब ६० करोड लगानी गरेको छ ।

कोषबाट ऋण लिएर युवाहरूले उत्पादनमुलक काम गर्न सक्छन् । कोषबाट उत्पादनमुलक काम हेरिकन समूहगत लगानी गर्नको लागि बढीमा १५ जनाको समूहमा प्रति व्यक्ति २ लाखभन्दा नबढ्ने गरी र सामूहिक ३० लाखसम्म ऋण लिन सक्ने व्यवस्था छ । 
 

Comments