• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने

  • OVN
  • February 07, 2023
सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने भएको छ ।
 
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै पर्सि विश्वासको मत लिन तयारी भएको बताउनुभएको हो । 

यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उहाँको भनाई छ । ५३ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रापाका १ सदस्य छन् । 

बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । विपक्षमा रहेका नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सदस्य छन् । 
 

Comments