• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

स्थानीय तहका जनप्रतिनिधि नागरिकको समस्या समाधान गर्न केन्द्रित

  • OVN
  • January 11, 2023
स्थानीय तहका जनप्रतिनिधि नागरिकको समस्या समाधान गर्न केन्द्रित

काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि आफ्ना नागरिकको समस्या समाधान गर्न केन्द्रित भएका छन् । 

स्थानीय सरकारले पहिलो कार्यकालमा, भवनलगायत पूर्वाधार व्यवस्थापन, कर्मचारी व्यवस्थापन, आवश्यक कानुन निर्माण लगायतका काममा जोड दिएका थिए । पहिलो कार्यकालमा सडक विस्तारले प्राथमिकता पाएको बझाङ्को दुर्गाथली गाउँपालिकाले यसपटक शिक्षामा लगानी बढाउने योजना बनाएको छ । 

हुम्लाको सर्केगाड गाउपालिका एक गाउँ एक सडक सञ्जाल अभियानमा लागेको छ । जुम्लाको हिमा गाउँपालिकाले भने यसपटक पहिलो प्राथमिकतामा स्वास्थ्यमा नागरिकको पहुँच बढाउन स्वास्थ्य संरचना निमार्णलाई प्राथमिकतामा राखेको छ । 
हरेक वडामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणदेखि व्यवस्थित अस्पताल निमार्ण गर्ने लक्ष्य लिएको पालिकाका उपाध्यक्ष सपना शाहीले जानकारी दिनुभयो । 

रोल्पाका १० वटा स्थानीय तह मध्य भौगोलिक रूपमा दुर्गम रहेको गङ्गादेव गाँउपालिकामा खानेपानी र विद्यालयमा सबैको सहज पहुँच छैन भने कृषि पूर्वाधार नहुँदा खेतीपाती सप्रेको छैन तर पालिकाको प्राथमिकता भने गाँउपालिकाको नाम परिवर्तन गर्नु रहेको अध्यक्ष हरिबहादुर पुनले बताउनुभयो । 

पहिलो कार्यकालमा जथाभावी सडक निर्माणलाई प्राथमिकता दिएका कारण चर्को आलोचना सहेका स्थानीय सरकारले दोस्रो कार्यकालमा नागरिकका खास समस्या समाधान र दीगो विकासका योजनामा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।  
 

Comments