• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

स्थानीय तहको बजेट खर्च चिन्ताजनक

  • OVN
  • February 11, 2023
स्थानीय तहको बजेट खर्च चिन्ताजनक

काठमाडौं । बजेट खर्चको अवस्था स्थानीय तहमा पनि निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष सकिन करिब पाँच महिना मात्रै बाँकी हुँदा अधिकांस पालिकाले ३० प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन् । 

त्यसमाथि विकास खर्चको अवस्था झनै चिन्ताजनक छ । अहिलेसम्म खर्च भएको बजेटमध्ये विकास बजेट १५ प्रतिशत हाराहारीमा देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा स्थानीय सरकारले करिब पाँच खर्ब रुपैयाँ बराबरको बजेट ल्याएका छन् । 

तर, ७ महिनासम्म करिब एक खर्ब ८० अर्ब मात्रै खर्च भएको छ, जुन कुल बजेटको करिब ३० प्रतिशत हुन आउँछ । गएको आर्थिक वर्षमा स्थानीय सरकारले वार्षिक बजेटको करिब ५७ प्रतिशत मात्रै खर्च गरेका थिए भने पछिल्ला ३ वर्षको तथ्याङ्क हेर्दा औसत ७४.११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । 

हरेक वर्ष स्थानीय सरकारको कुल बजेट बढ्दै गएको छ तर खर्च भने हुन सकेको छैन । यसमा सङ्घिय नीति मुख्य कारक रहेको गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले बताउनुभयो । कतै कर्मचारी अभाव, कतिपय पालिकामा कानुन नै बन्न नसकेको र कतिपयमा आन्तरिक विवाद रहेका कारण पनि बजेट खर्चमा असर परेको उहाँले बताउनुभयो ।  

विकासका योजना बनाउने, बजेट छुट्याउने तर प्रक्रियामा हुने ढिलाईका कारण खर्च गर्न नसक्ने प्रवृत्तिमा सुधारको आवश्यकता रहेको अर्थविद् चन्द्रमणी अधिकारीले बताउनुभयो । 
 

Comments