• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सेती नदीमा पुल बन्न ढिलाइ हुँदा डोटी र बैतडीका नागरिकलाई समस्या 

  • OVN
  • January 19, 2023
सेती नदीमा पुल बन्न ढिलाइ हुँदा डोटी र बैतडीका नागरिकलाई समस्या 

बैतडी । बैतडीको सिगास गाउँपालिका ६ र डोटीको आदर्श गाउँपालिका ६ जोड्ने गरि सेती नदीमा पुल बन्न ढिलाइ हुँदा विद्यार्थीसहित सर्वसाधारण नागरिकले दुःख पाएका छन् ।

यसअघि रहेको सेती नदीमाथीको झोलङ्गे पुल गत वर्षको बाढीले बगाएपछि पुननिर्माण हुन सकेको छैन । झोलुङ्गे पुलको अभावमा दैनिक विद्यालय जानुपर्ने विद्यार्थीहरू कक्षा नै छोड्नुपर्ने बाध्यतामा छन् । 

पुल हुँदा ५ मिनेटमा विद्यालय पुग्न सकिने भए पनि अहिले २ घण्टाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको डोटीको आर्दश गाउँपालिका ६ बबिनाका विद्यार्थी साउने खडायतले गुनासो गर्नुभयो । पुल बगाएपछि अन्य विद्यार्थी भने ३/४ घण्टाको उकालो हिँडेर आर्दश गाउँपालिकाको गिरीचौका माविमा जाने गरेका छन् । 

समयमा पुल नबन्दा आउजाउ गर्न विद्यार्थीसँगै अन्यलाई पनि समस्या भइरहेको छ । हाल नदी पार गर्न स्थानीयवासीले काठको अस्थाइ पुल बनाएका छन् । तर सोही काठको पुलबाट नदी पार गर्ने क्रममा गत असारमा एक महिलाको मृत्यु भएको थियो । 
 

Comments