• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

संस्थागत निर्णय नहुँदा काँग्रेसको यो अवस्था आएको शेखर समुहको निष्कर्ष

  • OVN
  • December 28, 2022
संस्थागत निर्णय नहुँदा काँग्रेसको यो अवस्था आएको शेखर समुहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला समूहले काँग्रेसको यो अवस्था आउनुमा शेरबहादुर देउवा समूह दोषी रहेको निष्कर्ष निकालेको छ । 

आज काठमाडौँमा भएको समुहको भेलाले संस्थागत निर्णय नहुँदा सबै गुमेको निश्कर्ष निकालेको हो । नेता कोइराला र महामन्त्री गगन थापा, चन्द्र भण्डारी, अर्जुननरसिंह केसीसहितका नेताहरू भेलामा सहभागि भएका थिए । 

भेलापछि प्रतिकृया दिँदै नेता केसीले सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुगेको बताउनुभयो । सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । 

माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ । सरकार गठनका विषयमा आफुहरूसँग कुनै छलफल नभएको भन्दै महामन्त्रीसहित नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । 
 

Comments