• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

  • OVN
  • January 25, 2023
संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन

काठमाडौं । मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । 

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 

अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पु-याएको थियो । 

Comments