• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

  • OVN
  • January 03, 2023
‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

काठमाडौं । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । 

सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । 

यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ ।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।रासस

Comments