• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

  • OVN
  • November 23, 2021
सर्वोच्चको विवाद समाधानका लागि प्रधानमन्त्रीसँग छलफल भएको छ : माधव नेपाल

धनुषा-  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभएको छ । 

धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताउनुभयो । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष  नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताउनुभयो । वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उहाँको भनाइ थियो ।
-रासस
 

Comments