• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ

  • OVN
  • January 15, 2023
सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ

सर्लाही  । तरुलको राम्रो उत्पादन हुने सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ भएको छ । 

माघे सङ्क्रान्तिका लागि तरुल बजार पठाउनमा सर्लाहिका किसान व्यस्त भएका हुन् । जिल्लाको बागमती र बरहथवा नगरपालिकामा मात्रै २ सय हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक तरुल खेती हुँदै आएको छ । 

बागमती नगरपालिका ५ का किसान हर्कबहादुर विश्वकर्माले यस वर्ष तरुलबाट २ लाख ४० हजार रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । एक क्वीन्टल तरुल खनेको सातदेखि आठ सय रुपैयाँसम्म ज्याला पाउने भएपछि स्थानीय युवाले यहि समयमा रोजगारी पनि पाउँछन् । 

सर्लाहीमा उत्पादित तरुल राजधानी काठमाडौंसँगै पोखरा, जनकपुर, वीरगञ्ज, विराटनगर, बुटवल लगायतका प्रमुख शहरमा पुग्ने गरेको छ ।  
 

Comments