• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली

  • OVN
  • January 01, 2023
सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताउनुभएको छ । 

मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु ।” पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो । राजनीतिक वा अन्य काम गर्दा समाज कुनै पनि गल्ती गर्न नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीलाई ‘फाउल’ नखेल्ने सफल समाज चाहिएको हो, राजनीतिमा पनि धेरै फाउल खेल्यो भने ‘रेडकार्ड’ नै मिल्छ ।” उहाँले खेलले अनुशासन सिकाउने उल्लेख गर्दै अनुशासनले मानिसलाई सफल बन्न मद्दत गर्ने बताउनुभयो । 

“खेलकुद, खेलशिक्षाको क्षेत्रमा अभ्यास, खेल र व्यायाम सबै कुरालाई सँगसँगै मिलाएर लैजानुपर्छ, मदन भण्डारी स्पोर्टस एकेडेमीको धेरै राम्रो गरेर जानेछ”, अध्यक्ष ओलीले भन्नुभयो, “त्यसले आफ्नो स्वास्थ्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म राम्रो मित्रता कामय गर्न सकिन्छ ।” कूटनीतिमा पनि खेल क्षेत्र राम्रो माध्यम बन्न सक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “घनिष्ट मित्रता नभएको देशमा पनि खेलका माध्यमबाट मित्रता जोड्न सकिन्छ, खेल र अनुशासन एकअर्काको अभिन्न अङ्ग हो ।”

Comments