• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सरकारले कोरोनाविरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो

  • OVN
  • January 20, 2023
सरकारले कोरोनाविरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो

काठमाडौं । कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाउन खोज्नेले नपाएको गुनासो गर्न थालेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको छ । 

हाल बुस्टर खोपका लगि उपलब्ध नभएको भन्दै जनगुनासो बढेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले बुस्टर मात्रा खोप ल्याउनको लागि प्रक्रिया अगाडि बढाइसकिएको र यही महिनाको अन्तिमसम्ममा नेपाल आइपुग्ने जानकारी दिएको छ । 

खोप शाखाका प्रमुख सागर दाहालले खोप ल्याएपछि केहीलाई भने कोभिडविरुद्धको बुस्टर मात्राको रूपमा चौथो मात्रा खोपसमेत लगाइने बताउनुभयो । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले कोरोनाविरुद्धको एक मात्रा खोप लगाएका छन् भने दोस्रो २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले दोस्रो र ७९ लाख ७२ हजार ७ सय ९१ जनाले तेस्रो अर्थात अतिरिक्त मात्रा खोप लगाएका छन् । 

Comments