• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जरिवाना

  • OVN
  • January 27, 2023
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जरिवाना

सिरहा । मागेको सूचना दिन पटकपटक आदेश दिँदा पनि अटेरी गरेको भन्दै राष्ट्रिय सूचना आयोगले सिरहा नगरपालिकाका प्रमुख प्रशासकीकय अधिकृत बलिराम यादवलाई कारबाही गरेको छ । 

आयोगमा सिराहका एक स्थानीयले सूचना माग्दा नदिएको भन्दै पुनरावेदन गरेका थिए । त्यस बारेमा अध्ययन गर्दै आज बसेको इजलासले प्रमुख प्रशासकीय अधिकृत यादवलाई १५ हजार रुपैयाँ जरिवाना गर्दै मागेको सूचना तत्काल उपलब्ध गराउन भनेको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बताउनुभयो । 

उहाँका अनुसार आयोगले धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत सरिता भण्डारीलाई गरिएको कारबाही फुकुवा गर्न पनि आदेश दिएको छ । 

परीक्षामा अनियमितता भएको बारेमा सूचना चुहाएको भन्दै क्याम्पसले उहाँलाई निलम्बन गर्नुका साथै करार अवधि नवीकरण गरेको थिए । राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि अध्ययन अनुसन्धानपछि पुनर्वहालीको आदेश दिइएको प्रमुख गुरुङको भनाइ छ ।
 

Comments