• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरो

  • OVN
  • June 16, 2021

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ। प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ ।  मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँधमा क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पस्दा बगरजस्तो बनेको छ ।

बाढी र पहिरोले मेलम्ची बजार जोखिममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बगाएको छ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Comments