• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सन्दीपविरुद्धको मुद्दाका सबै फाइल मगाउन सर्वोच्च अदालतको आदेश

  • OVN
  • February 03, 2023
सन्दीपविरुद्धको मुद्दाका सबै फाइल मगाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाविरुद्धको मुद्दामा सबै कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले दायर गरेको पुनरावलोकन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो । 

न्यायाधीश फुयालको आजको इजलासले सन्दीपविरुद्ध मुद्दा दर्तादेखि उच्च अदालत पाटनबाट धरौटीमा छोड्ने आदेश सम्मका फाइलहरु मगाउन भनेको हो । 

लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले पुस २८ गते आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

Comments