• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दो

  • OVN
  • May 26, 2021
सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दो

गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन्।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ।

योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ। हालसम्म मृतकको सङ्ख्या छ हजार ८४५ पुगेको छ।

Comments