• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था लागू गर्ने सरकारको तयारी

  • OVN
  • February 07, 2023
सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था लागू गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले मोबाइल सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्न लागेको छ । 

गृह मन्त्रालयले पुस २८ मै नयाँ सिम लिँदा बायोमेट्रिक गराउने निर्णय लिएको हो । तर अहिले नै भने यो लागू भइसकेको छैन । गृहको निर्णय लागू भए सिमकार्ड लिन ग्राहकले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायतका कागजात मात्रै पेस गरेर पुग्दैन ।

यसका लागि उसले आफ्नो बायोमेट्रिक दिनुपर्नेछ । बायोमेट्रिक गर्दा व्यक्तिको आँखा, अनुहार र हात आदिको डिजिटल विवरण सङकलन गरिन्छ । अहिले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउँदा बायोमेट्रिक दिनुपर्छ । 

बायोमेट्रिक परीक्षणमा परिचयपत्रवाहक व्यक्ति किटान भएपछि ग्राहकले सिमकार्ड प्राप्त गर्नेछन् । गृहका सहसचिव डा. भीष्मकुमार भुसालले सिमकार्डको दुरुपयोग भएको गुनासो आएको र प्रहरीका कतिपय अनुसन्धानमा यस्तो पनि देखिएकाले सिम वितरणमा नयाँ प्रणाली खाँचो भएको बताउनुभयो । 
 

Comments