• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सामाजिक सुरक्षा कोषमा २८ अर्बभन्दा बढी रकम सङ्कलन 

  • OVN
  • December 28, 2022
सामाजिक सुरक्षा कोषमा २८ अर्बभन्दा बढी रकम सङ्कलन 

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म दर्ता भएका ३ लाख ८० हजार श्रमिकबाट २८ अर्ब भन्दा बढी रकम सङ्कलन भएको छ । 

कोषका अनुसार श्रमिकको नाममा २८ अर्ब ८ करोड रकम जम्मा भएको हो । सामाजिक सुरक्षा कोषको तथ्याङ्क अनुसार गत असार मसान्तसम्म कोषमा १७ हजार १ सय ९२ वटा रोजगारदाता फर्म/कम्पनीका ३ लाख ४६ हजार ७ सय ४४ जना श्रमिक दर्ता भएका थिए । 

चालुआर्थिक बर्षको गत ५ महिनामा भने ३४ हजार नया  श्रमिक दर्ता भएका छन् । कोषका अनुसार हालसम्ममा योगदानकर्ताहरूबाट प्राप्त ४७ हजार ५० वटा दाबीमार्फत ३ अर्ब रकम भुक्तानी भएको कोषका प्रवक्ता विवेक पन्थीले बताउनुभयो । 

यस्तै, कोषको सम्पत्ति/दायित्व समीक्षा वर्षमा ४१ दशमलब ४ प्रतिशतले बढेर २०७९ असार मसान्तमा ५४ अर्ब ७० करोड कायम भएको छ ।
 

Comments