• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सभामुखको निर्वाचन आगामी माघ ५ मा

  • OVN
  • January 10, 2023
सभामुखको निर्वाचन आगामी माघ ५ मा

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिनुभयो । उहाँले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोक्नुभएको छ ।
 
नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ ।

Comments