काठमाडौँ- अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ। सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गर्नुभएको छ।
‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
-रासस