• DoIB Registration No. 2369/077-78
Thursday, 22 Jan 2026

राष्ट्रियसभाध्यक्षसमक्ष डा देवकोटाबाट शपथ

  • OVN
  • May 28, 2021
राष्ट्रियसभाध्यक्षसमक्ष डा देवकोटाबाट शपथ

राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो।

समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतमलगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उहाँ निर्वाचित हुनुभएको थियो। तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको थियो।

Comments