• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदै 

  • OVN
  • February 04, 2023
राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदै 

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 

सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । 

यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहनुभएका शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष पद खाली रहेको थियो । २०७५ साल असार ४ गते राष्ट्रियसभाका सदस्यहरूको कार्यकालका लागि भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भने गोलाप्रथा गर्दा ६ वर्षको चिठ्ठा परेका कारण उहाँको अझै १ वर्ष कार्यकाल बाँकी नै रहेको छ । 

Comments