राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।