• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सङ्घीय सरकार पनि दबाबमा

  • OVN
  • February 09, 2023
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सङ्घीय सरकार पनि दबाबमा

काठमाडौं । सङ्घीय सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सङ्घीय सरकार पनि दबाबमा छ । 

त्यस्तै, राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि अहिलेको सत्ता गठबन्धनको निरन्तरतामाथि प्रश्न उठेका छन् । यसले राजनीतिक अस्थिरता बढ्ने सङ्केत देखिएको राजनीतिक विश्लेषकको भनाइ छ । 

मिलेर सरकार बनाएका दलहरुबिच छोटो समयमै खटपट बढ्नुले नागरिकमा थप निराशा बढाउने राजनीतिक विश्लेषहरु बताउँछन् । 

राजनीति शास्त्रका प्राध्यापक गंगाबहादुर थापाले केन्द्रदेखि प्रदेशसम्म एउटै पार्टीले सत्ता सम्हाल्नु देशका लागि हानिकारक हुने टिप्पणी गर्नुभयो । 
 

Comments