• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध

  • OVN
  • February 06, 2023
राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज हुने भएको छ ।

उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएकाले आज प्रक्रिया पूरा गरेर घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।

अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले) लगायतका दलहरूको समर्थन छ ।

प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिने छ ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि २०७८ फागुन २० गतेदेखि उपाध्यक्ष पद रिक्त रहेको छ ।

Comments