• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रिय सभा उपाध्यक्षका लागि उर्मिला अर्यालको उम्मेदवारी

  • OVN
  • February 05, 2023
राष्ट्रिय सभा उपाध्यक्षका लागि उर्मिला अर्यालको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । 

अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा हुनुहुन्छ । 

नेपाली कांग्रेसलगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आज मात्रै गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
 

Comments