• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

  • OVN
  • June 06, 2021
राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौँ,  नेपाल हस्तकला महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको आविस्कार केन्द्रलाई आज रु एक लाख आर्थिक सहयोग गरेको हो। 

महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो । 

महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ। सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासङ्घले लिएको छ। महासङ्घले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो। 
-रासस

Comments