• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राष्ट्रपतिका उम्मेदवारले आज नाम फिर्ता लिनसक्ने

  • OVN
  • February 28, 2023
राष्ट्रपतिका उम्मेदवारले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेससहित ८ दलले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेका छन् भने नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेको छ । रासस

Comments