• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई कारबाही ग-यो

  • OVN
  • February 08, 2023
राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई कारबाही ग-यो

काठमाडौं । राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै कारबाही गरेको छ । 

कुमारी, प्रभु, तत्कालिन बैंक अफ काठमाण्डू र प्राइम कमर्सियललाई सम्पत्ति शुद्धीकरणमा गम्भीर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ ।

अन्य नियमहरू पालना नगरेको आधारमा माछापुच्छ्रे , सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र नबिल बैंकलाई कारबाही स्वरुप सचेत गराइएको छ ।

माछापुच्छ्रे बैंकले पुँजी कोष पर्याप्तता अनुपातको यथार्थ विवरण पेश नगरेको, सानिमा बैंकले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको, नबिल बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था अनुसार ग्राहक पहिचान विवरणमा लापरबाही गरेको भन्दै कारबाही गरिएको हो । 

प्रभु बैंकलाई भने कर्जा सूचना र कालो सूची सम्बन्धमा नियम पालना नगरेको कारणमा पनि सचेत गराइएको छ । 
 

Comments