• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने विषयमा छलफल

  • OVN
  • December 27, 2022
रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने विषयमा छलफल

काठमाडौं । सरकारमाथि मल खरिदको व्ययभार बढेपछि रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने विषयमा छलफल भएको छ । 

सरकारले अहिले मलमा ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । किसानका तर्फबाट पनि यसमा लगानी बढाउन सकिए सरकारमाथिको आर्थिक भार कम हुने भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले अनुदान रकम घटाउन प्रस्ताव गरेको हो । 

यसबारे छलफल भएपनि कुनै निर्णय भने भईनसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी प्रदिप चन्द्र भट्टराईले बताउनुभयो । 
 

Comments