• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

  • OVN
  • March 19, 2023
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । 

रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद हुनुहुन्छ । रासस

Comments